शुक्रवार, कार्तिक ७ गते २०८३

वैकल्पिक गेटबाट प्रधानन्यायाधीश सर्वोच्च प्रवेश, १० इजलासमा १३९ मुद्दाको पेशी

आइतवार , कार्तिक २८, २०७८

काठमाडौं। कानून व्यवसायीहरुको प्रदर्शनको बाबजुद प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालतभित्र प्रवेश गरेका छन्। उनी एक नम्बर गेट प्रयोग गरेर सर्वोच्च अदालतभित्र प्रवेश गरेका हुन्।

एक नम्बर गेटमा प्रहरीले कानून व्यवसायीहरुलाई धर्ना दिन रोक लगाएको छ। कानून व्यवसायीहरू अर्को मुख्य गेटमा धर्नामा बसेका छन्। अदालतमा आज १० वटा इजलास तोकिएको छ। विभिन्न मुद्दा १० इजलासमा १ सय ३९ वटाको पेशी तोकिएको हो।  आजको इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा भने छैनन्।

नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालतमा प्रवेश गर्न नदिने गरी आज पनि सर्वोच्चको मुल ढोकामा धर्ना दिइरहेको छ।  बारले बन्दी प्रत्यक्षीकरण बाहेकका कुनै पनि मुद्दाको बहसमा सहभागी नहुने निर्णय गरिसकेको छ।

सर्वोच्च अदालतका अन्य न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणका मुद्दामात्र हेर्ने घोषणा गरे पनि आज पनि  विभिन्न प्रकारका मुद्दालाई समेटेर इजलास गठन गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार