काठमाडौं। रोल्पामा जिप सडकबाट खसेर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। माडीको हान्निङबाट घर्तीगाउँ जाँदै गरेको जीप माडी गाउँपालिका–६ घर्तीगाउँ नजिकै आइतबार बिहान करिब ११ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डिएसपी नरेशराज सुवेदीका अनुसार जिपमा रहेका अन्य तीनजना गम्भीर घाइते भएका छन्। उनीहरूको घर्तीगाउँमै उपचार भैरहेको छ।
प्रहरीका अनुसार मृतक तथा घाइतेहरूको पहिचान भएको छैन। प्रहरीका अनुसार रा १ ज ३८२ नम्बरको जिप घर्तीगाउँ बजार नजिक सडकबाट झण्डै ३०० मिटर तल खसेको छ।