सोमवार, कार्तिक १० गते २०८३

कार्यालयमै युवती बलात्कार आरोपमा वडासचिव पक्राउ

आइतवार , आषाढ २७, २०७८

काठमाडौं । सल्यानमा बलात्कार आरोपमा एक वडासचिव पक्राउ परेका छन् । कार्यालयमा १८ वर्षीया युवती बलात्कार गरेको आरोप लागेको उनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । 

त्रिवेणी गाउँपालिका–५ का वडासचिव अमर कालाथोकीलाई प्रहरीले पक्राउ गरेको हो । सचिवले १९ गते वडा कार्यालयमा नै बलात्कार गरेको गए पनि बालिकाले २४ गते मात्र परिवारलाई जानकारी गराएको र परिवारले जाहेरी दिएपछि २४ गते नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

पक्राउ परेका कालाथोकीलाई जिल्ला अदालत सल्यानबाट १५ दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले बताए ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार