बिहिवार, आश्विन १५ गते २०८३

प्रधानन्यायाधिश जवराको आग्रहमा कानुन व्यवसायीले दिए यस्तो प्रतिक्रिया

सोमवार , कार्तिक २९, २०७८

काठमाडौं। प्रधानन्यायाधिश चोलेन्द्र जवराले वार्तामा बस्न गरेको आग्रहलाई कानुन व्यवसायीले अश्विकार गर्ने भएका छन्। उनिहरुले प्रधानन्यायाधिशसंग वर्ता नभई उनको वर्हीगमन चाहेको प्रतिक्रिया दिएका छन्।

नेपाल बार एसोसिएसनका पूर्व महासचिव सुनिलकुमार पोखरेलले न्यायालयमा देखिएको गतिरोध अन्त्यका उपाय प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जबराको बहिर्गमन मात्र भएको बताए। उनले न्यायापालिकाको प्रमुखमाथि विभिन्न प्रश्न उठेपछि त्यही पदमा बसिरहनु उपयुक्त नहुने भन्दै यथाशिघ्र राजीनामा दिन माग गरे।

उनले न्यायालय सुधार एजेन्डाको मुख्य बाधक नै प्रधानन्यायाधीश जबरा भएको बताए। न्यायालयलाई थप क्षति हुनबाट बचाउनका लागि प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने उनको भनाई थियो।त्यस्तै वरिष्ठ हरिशंकर निरौला वार्तामा बोलाउने समय घर्किइसकेकोले वार्ताको औचित्य नरहेको उनले बताए। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार