शुक्रवार, कार्तिक ७ गते २०८३

यस्ता पनि जनप्रतिनिधि, डेढ लाख घुससहित परे अख्तियारको फन्दामा

सोमवार , कार्तिक २९, २०७८

काठमाडौं। सर्लाहीमा दुई वडा सदस्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित रंगेहात पक्राउ गरेको छ। इश्वरपुर नगरपालिका-११ का वडा सदस्यद्वय सोनेलाल साह र उमेश रायलाई उपभोक्ताबाट घुसवाफत लिएको एक लाख ५० हजार रुपैयाँसहित अख्तियारले पक्राउ गरेको हो।

उनिहरुले ढलान सम्बन्धी काम सम्पन्न पश्चात उपभोक्ता समितिलाई कार्य सम्पन्न सिफारिस गरिदिएवापत उनीहरूले उक्त घुस लिएका थिए।

अख्तियार बर्दिवासबाट गएको टोलीले साह र रायलाई उक्त रकमसहित लालबन्दी नगरपालिका-७ स्थित सोनेलाल साहको कृष्ण इन्टरप्राइजेजबाट नियन्त्रणमा लिई थप अनुसन्धान गररिहेको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार