काठमाडौं । मानसिक अस्पताल, पाटनका चिकित्सक गेष्ट हाउसमा मृत फेला परेका छन् । डा. सुदीप अर्याल आइतबार बाँसबारीस्थित पूर्वेली गेष्ट हाउसमा मृत भेटिएका हुन् ।
घटनाबारे अनुसन्धान थालेको प्रहरीले उनको झोलामा ‘सल्फस’ नामक विषादी भेटिएको र शव पोर्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको जनाएको छ ।
गेष्ट हाउसका कर्मचारीले बताए अनुसार मृतक डा.अर्यालले आइतबार बिहान मात्रै गेष्ट हाउसमा एन्ट्री गरेका थिए ।
कोठामा पुगेपछि उनले ब्रेकफास्ट मगाएका थिए । तर ब्रेकफास्ट लिएर जाँदा घोप्टो परेको देखेपछि प्रहरीलाई खबर गरेको बताइएको छ ।