सोमवार, कार्तिक १० गते २०८३

मानसिक अस्पतालका चिकित्सक गेष्ट हाउसमा मृत फेला

आइतवार , आषाढ २७, २०७८

काठमाडौं । मानसिक अस्पताल, पाटनका चिकित्सक गेष्ट हाउसमा मृत फेला परेका छन् । डा. सुदीप अर्याल आइतबार बाँसबारीस्थित पूर्वेली गेष्ट हाउसमा मृत भेटिएका हुन् ।

घटनाबारे अनुसन्धान थालेको प्रहरीले उनको झोलामा ‘सल्फस’ नामक विषादी भेटिएको र शव पोर्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको जनाएको छ ।

गेष्ट हाउसका कर्मचारीले बताए अनुसार मृतक डा.अर्यालले आइतबार बिहान मात्रै गेष्ट हाउसमा इन्ट्री गरेका थिए ।

कोठामा पुगेपछि उनले ब्रेकफास्ट मगाएका थिए । तर ब्रेकफास्ट लिएर जाँदा घोप्टो परेको देखेपछि प्रहरीलाई खबर गरेको बताइएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार