शुक्रवार, कार्तिक ७ गते २०८३

प्रदेशसभा बैठक स्थगित भएपछि मुख्यमन्त्रीले लगाए सभामुखलाई यस्तो आरोप

मंगलवार , कार्तिक ३०, २०७८

काठमाडौं। प्रदेश १ को प्रदेशसभा बैठक स्थगित भएपछि मुख्यमन्त्री राजेन्द्र राईले सभामुखको भूमिकामा प्रश्न उठाएका छन्। उनले सभामुखले एमालेको कार्यकर्ताको जस्तो भूमिका निर्वाह गरेको आरोप लगाएका हुन्। 

आजको प्रदेशसभा बैठक स्थगित भएपछि मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिन पाएनन्। प्रमुख प्रतिपक्ष दलका सांसद उपस्थित नभएपछि सभामुख प्रदीपकुमार भण्डारीले मंसिर १ गतेसम्मका लागि बैठक स्थगित गरे।

बैठक सुरु हुनासाथ सभामुख भण्डारीले बैठकमा मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची रहे पनि प्रमुख प्रतिपक्षका एक जना पनि सांसद उपस्थित नरहेको भन्दै बैठक स्थगित भएको घोषणा गरेका हुन्।

यसअघि प्रमुख प्रतिपक्ष नेकपा एमालेले मंगलबार बस्ने भनिएको प्रदेशसभा बैठक स्थगित गर्न माग गरेको थियो। कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले प्रदेशसभा बैठक स्थगित गर्न माग गरेका थिए।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार