सोमवार, कार्तिक १० गते २०८३

प्रधानमन्त्री ओलीको समर्थनमा प्रदर्शन

आइतवार , आषाढ २७, २०७८

काठमाडौं । पधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा राजधानीमा प्रदर्शन गरिएको छ । राष्ट्रिय युवा संघ नेपालले प्रधानमन्त्री ओलीको समर्थनमा आइतबार राजधानीमा प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागी युवा संघका कार्यकर्ताहरूले निधार तथा अनुहारमा ओली पेन्ट गरेका थिए । उनिहरुले ओलीको समर्थनमा नारा जुलुससहित नाचगान गरेका थिए । 

उनीहरुले ‘जहाँ ओली त्यहाँ एमाले, जहा ओली त्यहाँ सूर्य, आई लव यू केपी बा जस्ता नारा लगाएका थिए । प्रदर्शनमा विपक्षी गठबन्धनविरुद्व चर्को नाराबाजीसमेत गरिएको थियो । 

oli-proest-1.jpg

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार