शुक्रवार, कार्तिक ७ गते २०८३

सर्वोच्चमा एसएलआरसहित प्रहरी परिचालनपछि अधिवक्ता अर्यालले भने : न्यायपालिका बचाउन म पहिलो सहिद बन्न तयार छु 

बिहिवार , मंसिर २, २०७८

काठमाडौं। बारको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको र एसएलआरसहित प्रहरी परिचालन गरिएपछि आन्दोलनरत कानुन व्यवसायी आक्रोशित बनेका छन्। अधिवक्ता ओम प्रकाश अर्यालले सर्वोच्चमा एसएलआर भिरेका प्रहरी परिचालन गरिएको भन्दै आक्रोश पोखेका हुन्।

उनले आफूहरुलाई धम्क्याउनकै लागि एसएलआर भिरेका प्रहरी परिचालन गरिएको भन्दै त्यस्ता धम्कीले कुनै काम नगर्ने बताए। 
नेपाल बार एशोसिएशनले आयोजना गरेको विरोध कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै उनले धर्नामा बसेका वकिलहरुलाई एसएलआरको नालले खोच्ने काम भएको भन्दै न्यायालय बचाउनका लागि आफू मर्न पनि तयार रहेको बताए। 

उनले भने, अदालतमा एसएलआर किन ल्याइन्छ ? के हाम्रो हत्या गर्न एसएलआर ल्याइएको हो ? ‘चोलेन्द्रले हाम्रो हत्या गर्न खोजेको हो ? त्यसो हो भने म पहिलो सहिद बन्न तयार छु। तर न्यायपालिका बचाउनुपर्छ ।’ एसएलआरसहितको प्रहरी अदालतभित्र छिराएर दमन गर्ने काम भएको भन्दै यो सह्य र स्वीकार्य नरहेको बताए।

उनले यस विषयमा प्रहरीले माफी माग्नुपर्ने भन्दै यदि प्रहरीले माफी नमाग्ने र बारले सुरक्षा पनि नगर्ने हो भने बारका पदाधिकारीबाहेकका अन्य वकिलले पनि विद्रोह गर्ने र प्रहरी घेरा तोड्ने अवस्था आउन सक्ने उनले चेतावनी दिए।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार