शुक्रवार, कार्तिक ७ गते २०८३

बार परिसरमै छिरेर वकिलहरुलाई आन्दोलन नरोके पिट्ने धम्की दिएपछि

बिहिवार , मंसिर २, २०७८

काठमाडौं। नेपाल बार एसोसियसनको परिसरभित्र प्रवेश गरेर केही व्यक्तिहरुले अपशब्द बोल्दै वकिलहरुलाई पिट्ने धम्की दिएका छन्। उनीहरुले वकिलहरूलाई आन्दोलन नगर्न, गलत मुद्दा नउठान र जथाभावी नबोल्न भन्दै धम्की दिएका  हुन्।

उनीहरु मध्येका एकले आन्दोलनलाई निरन्तरता दिए बारभित्रै छिरेर वकिललाई पिट्ने धम्कीसमेत दिएको जनाइएको छ। अपशब्द बोल्दै उनीहरूले वकिलहरुलाई धम्की दिएपछि त्यहाँ उपस्थित वकिलहरुले प्रतिकार गर्न थालेपछि बाहिरिएका थिए।

बार परिसरभित्रै छिरेर धम्की दिनेहरु बाहिरिएपछि मात्रै त्यहाँ प्रहरीको एउटा टोली पुगेको थियो। उनिहरुले पैसाको लागी गलत मुद्धा लिएको र आफ्नो फाइदाको लागी आन्दोलन गरेको भन्दै धम्क्याएका हुन्। बारसहित कानुन व्यवसायीहरु प्रधानन्यायाधिशको राजीनामा मागी आन्दोलनरत छन्। जसका कारण सर्वोच्चको काम कारवाही प्रभावित हुँदै आएको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार