काठमाडौं। उपत्यकाका सबै बार एकाइका कानुन व्यवसायीहरू आज एकै ठाँउमा भेला भएर प्रधानन्यायाधिश विरुद्ध आन्दोलनमा उत्रिएका छन्। उपत्यकास्थित सबै अदालतका बार इकाईका कानुन व्यवसायी आआफ्ना ब्यानर लिएर शुक्रबार बारको केन्द्रीय कार्यालय अगाडि जम्मा भएका हुन्।
यसैबीच नेपाल बार एशोसिएशनले बारको आन्दोलनमा भएको आक्रमण र आगामी कार्यक्रमहरुमा अनुगमन गर्न मानव अधिकार सम्बन्धी संघ संस्थालाई आह्वानसमेत गरिसकेको छ।
बिहीवार पत्रकार सम्मेलन गर्दै सर्वोच्च अदालत परिसरमा शान्तिपूर्ण प्रदर्शन गर्ने क्रममा अदालतलाई युद्ध मैदानजस्तो बनाइएको भन्दै बारले मानव अधिकार सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुलाई आक्रमणको अनुसन्धान र आगामी कार्यक्रमहरुको अनुगमन गर्न आह्वान गरेको हो।