शुक्रवार, कार्तिक ७ गते २०८३

सडकमा पैसा वर्षिएपछि मानिसहरुले यस्तो गरे

शनिवार , मंसिर ४, २०७८

काठमाडौं। अमेरिकाको क्यालिफोर्नियास्थित सान डिएगोमा सडकमा पैशा वर्षिएको छ। सो स्थानमा शुक्रबार बिहान एक बख्तरबन्द गाडीबाट सडकमा पैसा खसेपछि सडक अस्तव्यस्त बन्नुका साथै प्रहरीले केहीलाई पक्राउसमेत गर्नुपरेको छ।

स्थानीय समयअनुसार बिहान करिब ९ बजेर १५ मिनेट जाँदा एउटा बख्तरबन्द गाडीको ढोका खुलेपछि पैसाका बिट्टाहरु सडकमा छरिएको थियो।सामाजिक सञ्जालमा सेयर गरिएका भिडियोमा मानिसहरू सडकमा नै गाडी 
रोकेर पैसा उठाउन तँछाडमछाड गरिरहेको देख्न सकिन्छ।

सान डिएगोको इन्टरस्टेट ५ राजमार्गमा यसरी पैसा पोखिएको थियो। सडकमा पैसा देखेर उत्साहित बनेका चालकहरू गाडी नै छाडेर पैसा टिप्न दौडिएका थिए। जसले गर्दा ट्राफिक नै अस्तव्यस्त बनेको थियो। 
प्रहरीले केहीलाई पक्राउ गर्नुका साथै पैसा लिएकाहरूलाई सो फिर्ता गर्न आग्रह गरेको छ। पैसा उठाउने २ जनालाई प्रहरीले पक्राउ पनि गरेको बताइएको छ। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार