काठमाडौं। रुपन्देहीका एक एमाले नेताले पार्टीबाट राजीनामा दिएका छन्। पूर्व कृषि राज्यमन्त्री समेत रहेका एमाले नेता ओमप्रकाश यादव (गुल्जारी)ले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी पार्टीको सम्पूर्ण पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्।
मायादेवी गाउँपालिका-६ शिवपुर (मर्चवार)मा पत्रकार सम्मेलनको आयोजना गरी यादवले एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ४ को सह–इञ्चार्ज पदबाट राजीनामा दिएको घोषणा गरेका छन्।
उनले पार्टीको साधारण सदस्यमा भने रहने बताए। नेता यादवले महाधिवेशन प्रतिनिधि छनोटको निर्वाचनमा भएका गतिविधिबारे असन्तुष्टि जनाउदै यसबारे छानबिन र समीक्षा गर्न समेत नेतृत्वसमक्ष आग्रह गरेका छन्।