काठमाडौँ । अमेरिकी सरकारले उपलब्ध गराएको कोरोना भाइरस विरुद्धको खोप आज नेपालस्थित अमेरिकी राजदूत ¥याण्डी बेरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित ‘अमेरिकी सरकारबाट उपहारस्वरुप प्राप्त कोभिड–१९ विरुद्धको खोप हस्तान्तरण’ कार्यक्रममा प्रधानमन्त्री ओलीलाई राजदूत बेरीले खोप हस्तान्तरण गरेका हुन् ।
आज बिहान पौने १० बजे कतार एयरवेजमार्फत खोप नेपाल आइपुगेको हो । सो अवसरमा प्रधानमन्त्री ओलीले खोपले नेपाली जनतालाई कोरोना भाइरसबाट बचाउन सहयोग मिल्ने बताए।
उनले कोभिड–१९ सङ्क्रमणको रोकथाम र नियन्त्रणमा पु¥याइएको सहयोग तथा राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो वाइडेनलाई गरेको आग्रहबमोजिम कोभिड–१९ विरुद्धको लडाइँमा नेपाललाई सघाउन ऐक्यबद्धता जनाएकामा अमेरिकी सरकारलाई धन्यवाद दिँदै खोप उपलब्ध गराइएसँगै अमेरिकासँगको नेपालको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्रीका अनुसार उपलब्ध गराइएको खोप प्राथमिकतानुसार ५० देखि ५४ वर्ष उमेर समूहका सर्वसाधारणलाई निःशुल्क दिइने छ ।
प्रधानमन्त्री ओलीले कोभिड–१९ सङ्क्रमणपछि मुलुक आर्थिक समृद्धिमा लाग्ने बताएका छन्।
कार्यक्रममा राजदूत बेरीले खोपबाट नेपाली जनतालाई सङ्क्रमणबाट जोगाउने सकिने भनाई राखे । उ