मंगलवार, कार्तिक ११ गते २०८३

नयाँ सरकार बनाउन लागी पर्ने विपक्षी गठबन्धनको निर्णय

सोमवार , आषाढ २८, २०७८

काठमाडौं । विपक्षी गठबन्धनको बैठकले सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै नयाँ सरकार बनाउन लागिपर्ने निर्णय गरेको छ ।

एमाले बरिष्ठ नेता माधवकुमार नेपाल निवास कोटेश्वरमा बसेको विपक्षी गठबन्धनको बैठकले सुरुमा सानो आकारको मन्त्रिपरिषद् बनाउने निर्णय गरेको छ । भोली बिहान पनि बस्ने गरीसकिएको आजको बैठकले बैठकले भोलि नै केही मन्त्रीको टुंगो लगाउने भएको जनाइएको छ । 

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला, प्रमुख सचेतक बालकृष्ण खाँड सहभागी थिए । यस्तै नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वसभामुख कृष्ण बहादुर महरा, वर्षमान पुन, प्रवक्ता नारायणकाजी श्रेष्ठ, देव गुरुङ बैठकमा सहभागी थिए।

एमालेबाट नेता नेपाल र पन्त तथा जसपा अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, महेन्द्र राय यादव र राष्ट्रिय जनमोर्चाबाट सांसद दुर्गा पौडेल बैठकमा सहभागी थिए । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार