बिहिवार, आश्विन १५ गते २०८३

न्यायाधिशहरुलाई कार्यबाहक प्रधानन्यायाधिशको टुंगो नलागेसम्म इजलास नबस्न बारको आग्रह

बिहिवार , मंसिर १६, २०७८

काठमाडौं। नेपाल बार र सर्बोच्च बार एशोसिएसनका अध्यक्षहरूले कार्यवाहक प्रधानन्यायाधीशको टुंगो नलागेसम्म इजलास नबस्न न्यायाधिशहरुलाई आग्रह गरेको छ । सर्वोच्चका न्यायाधिशहरुसंग भएको छलफलमा बारले इजलासमा नबस्न र गोला नतान्न न्यायाधीशहरूलाई आग्रह गरेको हो ।

सर्वोच्चका न्यायाधीशहरूसँगको छलफलपछि पत्रकारसँग कुरा गर्दै सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले यस्तो जानकारी दिनुभएको हो  । बारसँगको छलफलमा केही न्यायाधीशले जनताका मुद्दाको सुनुवाइ हुनुपर्ने भन्दै आफूहरु इजलासमा जाने बताएका थिए । तर, बार अध्यक्ष चण्डेश्वर श्रेष्ठ र सर्वोच्च बार अध्यक्ष शाक्यले भने बारले वकिललाई बहस गर्न नदिने बताउनुभयो ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार