काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएका छन् । तत्कालीन महान्यायाधिवक्ता अग्नि खरेलले २०७७ चैत ६ गते राजीनामा दिएपछि बडाललाई प्रधानमन्त्री ओलीको सिफारिसमा नियुक्त गरिएको थियो ।
महान्यायाधिवक्ता कार्यालयले बडाललाई आजै बिदाइ गर्ने कार्यक्रम समेत राखेको छ । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएका हुन् । बडालले नयाँ प्रधानमन्त्री नियुक्तिअघि नै राजीनामा बुझाएका हुन् ।