काठमाडौं । नेकपा एमालेसम्वद्ध युवा संघले युथ फोर्स ब्यूँताएको घोषणा गरेको छ । संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध सडकमा उत्रिएको युवासंघले क्षितिज थेबेको नेतृत्वमा युथ फोर्स ब्यूँताएको घोषणा गरेको हो ।
कार्यक्रममा युवा संघका इन्चार्ज एवं एमाले केन्द्रीय सदस्य महेश बस्नेतले युथफोर्स किसानले सिरानीमुनि राखेको खुकरी जस्तै भएको र आवश्यक पर्दा निकाल्ने बताए ।
बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट बालकोट जाँदा स्वागत गर्न समेत निर्देशन दिए । नेकपा एमालेको भातृ संगठन युवा संघले यसअघि विघटन गरिएको युथ फोर्स नामक संगठन पुनः ब्यूँताएको छ ।
सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएसँगै सडकमा उत्रिएको युवासंघले ‘ज्यादतीविरुद्ध लड्न’ भन्दै युथ फोर्स ब्यूँताएको हो ।