काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको आदेशले नभई अदालतको परमादेशले आफु बाहिरिएको बताएका छन् । उनले आफुले संधै देश रजनतालाई सिरमा राखेर काम गरेको भन्दै फेरीपनि छिट्टै जनताको बिचमा जाने दिन आउने भनाई राखे ।
राष्ट्रका नाममा सिंहदरबारबाट सम्बोधन गर्दै उनले मुलुकको सार्वभौम सत्ता र राजकीय सत्ता जनतामा निहित रहनु लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण भएको पनि बताए ।
उनले भने,‘जनादेशका लागि जनतामा जाने व्यवस्थालाई निरंकुश र कानुनको अपव्याख्यामाथि आधिरित भएर एवं दलीय प्रणालीको आधारभूत संरचना भत्काएर सरकार बनने बनाउने कुरालाई लोकतान्त्रिक भनेर गरिने परिभाषालाई गलत दिशातिर धकेल्न सक्छ भन्नेमा हामी गम्भीर र चिन्तित छौं ।’
सरकारबाट बाहिरिँदा आफूलाई कुनै चिन्ता नरहेको ओलीले बताएका छन् । आफूले पदमा रहँदा इमानदारीका साथ काम गरेको पनि दाबी गरे । आफ्नो कार्यकालमा मुलुकमा चौतर्फी विकास भएको ओलीले दाबी गरे ।