सोमवार, कार्तिक १० गते २०८३

भाडा समायोजन र खोप माग गर्दै यातायात व्यवसायीद्वारा विभागमा धर्ना 

मंगलवार , आषाढ २९, २०७८

काठमाडौं । भाडा समायोजन र कोभिड–१९ विरुद्धको खोप लगाउन पाउनुपर्नेलगायत माग राख्दै यातायात व्यवसायीहरूले यातायात व्यवस्था विभागमा धर्ना दिएका छन् । 

यातायात व्यवसायीहरूले यातायातसँग सम्बन्धित व्यक्तिहरूलाई कोभिड–१९ विरुद्धको खोप व्यवस्था गर्नुपर्र्नेे, यातायातको भाडा समायोजन गर्नुपर्ने र मौद्रिक नीतिमा व्यवसायीको समस्यालाई समावेश गरिनुपर्ने लगायतका माग राख्दै विभागको कार्यालयमा धर्ना दिएका हुन् ।

उनिहरुले यातायातको बिमा छुट समायोजन गर्नुपर्ने, सडक कानुन लागु गर्नुपर्ने, यातायातको कागजपत्र नवीकरण र जरिवाना छुट गर्नुपर्ने तथा ढुवानी यातायातको वर्तमान नीति पुनरावलोकन गर्नुपर्ने माग पनिराखेका छन् ।

आफूहरूको माग सम्बन्धित सरोकारवाला विभिन्न निकायसमक्ष पटक–पटक राख्दा पनि सम्बोधन नभएकाले आन्दोलनमा आउनुपर्ने बाध्यता भएको सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका अध्यक्ष दोलनाथ खनालले बताए ।

सरकारले यातायात व्यवसायीको समस्या समयमै बुझेर सम्बोधन गर्नुपर्ने पनि उनले बताए। 
यातायात व्यवसायीले लकडाउनको कारण व्यवसाय नै धरापमा परेको भन्दै सरकारले विशेष राहत दिनुपर्ने उनीहरूले बताउँदै आएका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार