काठमाडौं । प्रहरीले महोत्तरीको लोहारपट्टी नगरपालिका–७ भ्रमरपुराकी सुजिता ठाकुरको हत्या आरोपमा चार जनालाइसार्वजनिक गरेको छ ।
मृतक सुजिताका देवर २९ वर्षीय रुपेश ठाकुर, स्थानीय ३७ वर्षीय बण्ठा भन्ने किशोरी मण्डल, ३३ वर्षीय मुल्ला भनिने आदम राईन र ३२ वर्षीय नथुनि मण्डल लाइृ पक्राउ गरी सार्वजनिक गरेको हो ।
महोत्तरी प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी अभियुक्तलाई सार्वजनिक गरेको छ । सुजिताको गाडिएको अवस्थामा दुई दिन अघि गलेको अवस्थमा शब भेटिएको थियो ।
महोत्तरीका प्रहरी प्रमुख उपरीक्षक दिनेश आचार्यले पक्राउ परेका बण्ठा, मुल्ला र नथुनिले शव ओसारपसार गरी गाड्न सहयोग गरेकोले पक्राउ गरिएको जानकारी दिए । घटना बारे अनुसन्धान पुरा नभएको उनले जानकारी दिए ।
प्रहरीले घटना लगत्तै तत्काल मृतकका श्रीमान मुकेश ठाकुरलाई पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा उनको संलग्नता नदेखिएकोले थुनामुक्त गरिएको प्रहरीले जनाएको छ । प्रहरीले हत्याको कारण भने खुलाएको छैन ।