काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा बुधबारदेखि इन्धन वितरणमा रोक लगाउने संयुक्त विद्यार्थी संगठनले घोषणा गरेको छ ।
पाँच विद्यार्थी संगठनले मंगलबार संयुक्त प्रेस विज्ञप्ति जारी गरी असार ३० देखि देशभरका पेट्रोल पम्प, पेट्रोलियम डिलर्स र ढुवानी ट्याङ्करहरु बन्द गर्ने जनाएका हुन् ।
उनीहरुले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनका अध्यक्षलाई ध्यानाकर्षण गराउँदै जनताको ढाड सेक्ने गरी भएको मूल्य वृद्धि फिर्ताका लागि एशोसिएसन मातहतका सम्पूर्ण पेट्रोल पम्प र ढुवानी ट्यांकहरु बन्द गरी आन्दोलनमा सहयोग गर्न आह्वान समेत गरेका छन् ।
उनिहरुले आफूहरुको ध्यानाकर्षणप्रति अवज्ञा गरिएमा यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी व्यवसायी र एशोसियसन स्वयं हुने चेतावनी समेत दिइएको छ ।