सोमवार, कार्तिक १० गते २०८३

नियुक्ति सच्चिएपछि प्रधानमन्त्रीको रुपमा देउवाले लिए शपथ

मंगलवार , आषाढ २९, २०७८

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसामु देउवाले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

सर्वोच्च अदालतको फैसलापछि राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्तिमा संविधानको धारा उल्लेख नगरेको भनी देउवाले नियुक्ति सच्याएर मात्र शपथ लिने अडान लिएका थिए ।

उनि नियुक्ति नसच्चिएसम्मसपथका लागी उपस्थित भएका थिएनन् । नियुक्ति सच्याइएपछि तोकिएको भन्दा २ घण्टा ढिला शितलनिवासमा उपस्थित भएर सपथ लिएका हुन् । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार