काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासंगै उनको सरकारका चार मन्त्रीले पनि सपथ लिएका छन् । कांग्रेसबाट गृहमन्त्रीमा नियुक्त भएका बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्कीले कानुनमन्त्रीकोरुपमा सपथ लिएका हुन् । त्यस्तै माओवादी केन्द्रबाट जनादर्न शर्मा प्रभाकरले अर्थ र पम्फा भुसालले ऊर्जामन्त्रीको रुपमा सपथ लिएका हुन् ।
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् गठन उनिहरुलाई आजै नियुक्त गरेका हुन्् । संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले आफ्नो दल नेपाली कांग्रेससँगै माओवादी केन्द्रबाट २–२ जना मन्त्री नियुक्त गरेका हुन् ।