सोमवार, कार्तिक १० गते २०८३

साउनबाट लामो दुरीका यातायात पनि सञ्चालन हुने

बुधवार , आषाढ ३०, २०७८

काठमाडौं । सरकारले साउन १ गतेबाट लामो दूरीमा सार्वजनिक यातायात सञ्चालन गर्न दिने तयारी थालेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख अधिकारीहरूले लामो दूरीमा दुई महिनाभन्दा बढी समयदेखि रोकिएको यातायात सेवा सञ्चालन गर्न दिने तयारी थालेको हो।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले लामो दूरीको यातायात सञ्चालन नहुँदा सर्वसाधारण मारमा परेकाले सञ्चालन गर्न दिनेबारे छलफल भैरहेको जानकारी दिए।

‘दुई महिनाभन्दा बढी समयदेखि लामो दूरीमा सवारी चलेका छैनन्, जसकारण सर्वसाधारणले दुस्ख पाइरहेका छन्,  खोल्न दिने माग पनि आइरहेको छ, त्यसैले अब क्रमशस् खोल्न दिइन्छ,’ उनले भने।

निरौलाले सवारीसाधन सञ्चालन, निषेधाज्ञा थप्ने वा नथप्ने विषयमा तीनवटै जिल्लाका सीडीओले आज ९बुधबार० र बिहीबार छलफल गरी निर्णय लिने र कोरोना संक्रमण जोखिम कायमै रहेकाले तत्काल विद्यालय भने सञ्चालन गर्न नदिने बताए।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार