सोमवार, कार्तिक १० गते २०८३

महामारी परास्त गर्न सबैको सहयोग र योगदानको खाँचो छ : गृहमन्त्री खाँण    

बुधवार , आषाढ ३०, २०७८

काठमाडौँ । नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले आफुहरुले आफ्नो जीवनमा कोभिड–१९ को सबैभन्दा ठूलो महामारी सामाना गरिरहेकाले त्यसलाई परास्त गर्न सबैको सहयोग र योगदानको खाँचो रहेको बताएका छन्।  

नवनियुक्त गृहमन्त्री खाँणले सिंहदरबारस्थित गृहमन्त्रालयमा आज पदभार गरेपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै यस्तो बताएका हुन्।      
    
उनले भने, “कोरोनाको महामारीबाट बच्नका लागि सबैले गम्भीरतापूवर्क आफ्नो दायित्व र भूमिका निर्वाह गर्न जरुरी छ । कोभिड-१९ को महामारीका क्रममा सुरक्षा निकाय, स्वास्थ्यकर्मी, सञ्चारकर्मी अग्रभागमा रहेर ठूलो भूमिका निर्वाह भइरहेको छ ।”     
     
कोभिड–१९ प्रतिकार्यमा खटिने जुनसुकै नागरिककोे जीवनरक्षा गर्नु सरकारको दायित्व रहेको बताउँदै गृहमन्त्री खाँणले भने, “महामारीका लागि समन्वयका साथ समुचित व्यवस्थापन गर्नुपर्छ, आवश्यक ठाउँमा सरकारकाले बजेट व्यवस्थापन र खर्च तथा उपचार गर्न प्रतिबद्ध छ ।”     
     
उनले संवैधानिक व्यवस्थाअनुरुप कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच समन्वय गरी बनेका कानूनहरुलाई कार्यान्वयन गर्ने भूमिकामा सम्बद्ध निकायले सक्रियताका साथ मिलेर अघि बढ्नुपर्छ भन्ने चाहना रहेको भनाई राखे ।
     
 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार