सोमवार, कार्तिक १० गते २०८३

नवनियुक्त प्रधानमन्त्री देउवालाई भारतीय राजदूतको बधाई

बुधवार , आषाढ ३०, २०७८

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले बधाई दिएका छन् । राजदुत क्वात्राले प्रधानमन्त्री देउवा निवास बूढानीलकण्ठ पुगेर बधाई तथा शुभकामना दिएका हुन् । 

सो अवसरमा प्रधानमन्त्री देउवाले दुई देशबीचको युगौँ पुरानो मैत्रिपूर्ण सम्बन्धको सम्झना गर्दै बधाईका लागि धन्यवाद दिए । 

कांग्रेस संसदीय दलका नेता देउवाले मङ्गलबार प्रधानमन्त्रीमा नियुक्त भई पद तथा गोपनीयताको शपथपछि कार्यभार सम्हालेका थिए । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार