सोमवार, कार्तिक १० गते २०८३

गण्डकी प्रदेशको बजेट बहुमतले पारित

बुधवार , आषाढ ३०, २०७८

काठमाडौं । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०७८÷७९ को बजेट पारित भएको छ । बुधबार प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीबीच बजेट पारित भएको हो ।

बैठक सुरु हुनेवित्तिकै नेकपा एमालेका सांसदले रोष्टम घेराउ गर्दै नाराबाजी गरेका थिए । अर्थमन्त्रीको पनि जिम्मेवारी सम्हालेका मुख्यमन्त्ती कृष्णचन्द्र नेपाली पोखरेलले विरोधकै बीच बजेट प्रस्तुत गरे ।  बजेट होहल्लाकै बीचमा पारित गरिएको छ ।

प्रदेश सभाको आठौँ अधिवेशनअन्तर्गत बुधबार बसेको २४ सौँ बैठकबाट मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्णयार्थ पेश गरेको बजेटमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थनमा आर्थिक वर्ष २०७८–७९ विनियोजन विधेयक बहुमतले पास भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार