काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबिच भेट भएको छ । भेटमा नेता नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बचन दिएका छन् ।
नेपाली कांग्रेसका सभापति समेत रहेका देउवा प्रधानमन्त्री भएको भोलिपल्ट बुधबार नेता नेपाललाई भेट्न उनकै निवास कोटेश्वरमा पुगेका थिए ।
भेटमा नेता नेपालले प्रधानमन्त्री देउवालाई आफ्नो समूहका सांसदहरुले विश्वासको मत दिने आश्वासन दिएका छन् । नेता नेपालले आफ्नो समूहका नेताहरुलाई सुनाएअनुसार प्रधानमन्त्री देउवालाई सरकारलाई भ्रष्टाचाररहित बनाउन र जनभावना अनुसार काम गर्न सुझाव दिएका छन् ।
आफूहरू संसद बचाउन लडेकाले अहिले पनि देउवालाई विश्वासको मत दिनुपर्ने मत नेपाल समूहका नेताहरु राख्छन् । तर फैसला आउनुअघि एमालेमा भएको १० बुँदे सहमतिमा सरकारबारे संस्थागत रुपमा निर्णय गर्ने उल्लेख छ ।