बिहिवार, कार्तिक ६ गते २०८३

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

बिहिवार , पौष १४, २०७९

काठमाडौं।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

सर्लाही कविलासी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामकुमार यादव, इन्जिनियर ,निर्माण कार्य उपभोक्ता समितिका अध्यक्षसमेत ६ जनाविरुद्ध बिहीबार  विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको हो।

कवलासी नगरपालिका वडा नम्बर -८ स्थित रामजानकी मन्दिर निर्माणका क्रममा वास्तविक कार्यभन्दा बढि कार्य भएको गलत विल बनाइ रकम हिनाहिना गरेको पाइएपछि निमित्त प्रशासकीय अधिकृत श्यामकुमारसहित ६ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

मन्दिर निर्माणका क्रममा रकम हिनामिना गरेको उजुरी परेको र सोही उजुरीका आधारमा अनुसन्धान गर्दा ९७ हजार ८४० रुपैयाँ भ्रष्टाचार गरेको पाइएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार