स्याङ्जा। वडा प्रहरी कार्यालय वालिङ्बाट सोमबार साँझ जबरजस्ती करणीका आरोपित २४ वर्षीय रमेश क्षत्रीभागेका छन्। एक हप्ताअघि पक्राउ परेका उनी अनुसन्धानका क्रममा वालिङ् प्रहरी हिरासतमा थिए।
जबरजस्ती करणीको आरोपमा वालिङ् प्रहरी हिरासमा रहेका उनलाई म्याद थपका लागि जिल्ला अदालत ल्याएर वालिङ् स्थित कार्यालयको हिरासत कक्षमा लाने बेलामा पर्खाल नाघेर फरार रहेको प्रहरी नायब उरीक्षक रविन्द्र खनालले जानकारी दिए।
प्रहरी प्रवक्ता समेत रहेका खनालका अनुसार गएरातीदेखि नै खोजीकार्यलाई तीव्र पारिएको छ। हरिनास गाउँपालिका घर भएका क्षेत्री एक महिला बलात्कारको आरोपमा पुस ११ गते पक्राउ परेका थिए।
त्यसदेखि उनी प्रहरी हिरासतमा थिए। उनको खोजतलास भईरहेको छ।