राहदानी विभागको सिस्टममा खराबी आउँदा आवेदकको स्टाटस हेर्ने र वितरण कार्य स्थगित भएको छ । विभागका प्रवक्ता दुरपदा सापकोटाले विज्ञप्ति जारी गर्दै अर्को सूचना नआएसम्म दुवै सेवा स्थगित गरिएको जनाएका छन् ।
नियमितरूपमा राहदानी आवेदनका लागि समय लिएका सेवाग्राहीहरू सोही मितिमा बायोमेट्रिकको लागि विभागमा उपस्थित हुन विभागले अनुरोध गरेको छ ।
पछिल्लो समय राहदानीका लागि फारम बुजाउने र राहदानी लिनका लागि विभागमा मानिसहरूको भीड अत्यधिक बढिरहँदा विभागको सिस्टममा समस्या देखिएको हो ।