बिहिवार, कार्तिक ६ गते २०८३

अत्याधिक चिसो बढेपछि जनजिवन कष्टकर, तराईमा धमाधम विदा 

बुधवार , पौष २०, २०७९

काठमाडौं। तराई मधेशमा अत्यधिक चिसो बढेपछि स्थानीय सरकारले धमाधम विद्यालयहरुमा बिदा दिन थालेका छन् ।

धनुषामा जनकपुरधाम उपमहानगरपालिकाले तीन दिन र सबैला नगरपालिकाले पाँच उपमहानगरपालिकाको विपद् व्यवस्थापन समितिको हिजो बसेको बैठकले उपमहानगर भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु पुस २० गतेदेखि २२ गतेसम्म तीन दिन जाडो बिदा दिने निणर्य गरेको हो ।

उपमहानगरका शिक्षा युवा तथा खेलकुद शाखाका वरिष्ठ उपसचिव मिहिलाल यादवले चिसो बढेपछि विद्यालयमा बिदा दिने निणर्य गरिएको जानकारी दिए।  तीन दिनको जाडो बिदा शैक्षिक क्यालेण्डरमा उल्लेखित पुस २७ देखि माघ तीन गतेसम्मको जाडो बिदाबाट कट्टा गर्ने व्यवस्था मिलाएको उनको भनाइ छ ।

यस्तै सबैला नगरपालिकाले आजदेखि पुस २३ गतेसम्मको लागि नगरभित्रका सम्पूणर् सामुदायिक तथा संस्थागत विद्यालय बन्द गरेको छ । अत्यधिक चिसो बढ्दा बालबालिकालाई विद्यालय आउन जान तथा पठनपाठनमा असहज भइरहको भन्दै पालिकाहरु धमाधम बिदा दिन थालेको हो ।

तराई मधेशमा केही दिन यता चिसो बढ्दा जनजीवन कष्टकर बनेको बताइएको छ । गृहमन्त्रालयले पनि चिसो तथा शितलहरबाट जनतालाई जोगाउन तीनै तहका सरकारको समन्वयमा काम सुरु गरिएको जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार