बिहिवार, कार्तिक ६ गते २०८३

धनुषामा भारतीय महिलाको शव खेतमा भेटियो

बुधवार , पौष २०, २०७९

जनकपुरधाम। धनुषामा एक भारतीय महिलाको शव भेटिएको छ ।

जनकनन्दिनी गाउँपालिका वडा नम्बर–१ स्थित स्थानीय मनोज यादवको खेतमा एक भारतीय नागरिकको शव फेला भेटिएको धनुषा प्रहरीले जनाएको छ ।

करिब ५५ वर्षीया महिलाको सनाखत हुन सकेको छैन । मृतक महिलाको झोलामा कागजको टुक्रामा भारतीय नम्बर फेला परेको छ।

सो नम्बरमा फोन गर्दा भारतको मुज्जफरपुर बस्ने महिला रहेको बुझिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी दीपक रायले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार