सोमवार, कार्तिक १० गते २०८३

मोहना नदीले पार गर्यो खतराको तह, ३० घर डुबान, साढे ४ सय घर जोखिममा

बिहिवार , आषाढ ३१, २०७८

काठमाडौं ।  कैलालीको मोहना नदीमा पानीको सतह बढेपछि नदीले खतराको तह पार गरेको छ । नदीमा पानीको सतह बढेपछि आसपासका ३० घर डुबानमा परेका छन् । 

साढे ४ सय घर जोखिममा परेका छन् । नदीले बिहीबार बिहानबाट खतराको तह पार गर्दा धनगढी उपमहानगरपालिकाको १३ का मोहनपुर र श्रीलंकाका ३० घर डुबानमा परेका हुन् ।

मोहनपुर र श्रीलंकालाई धनगढी अत्तरिया जोड्ने राजमार्गसँग जोडिएको शाखा सडकको तह मोहनाले पार गरेपछि साढे ४ सय घर डुबानमा पर्ने जोखिम रहेको बताइएको छ । अहिले सडकभन्दा नदी तर्फका ३० घर मात्रै डुबेका छन् ।

अब नदीले फेरि सतह बढाउने हो भने साढे ४ सय भन्दा बढी श्रीलंका र मोहनपुरको पूरै बस्ती डुब्ने खतरामा रहेको जनाइएको छ । धनगढी उपमहानगरपालिकाका मेयरले प्रभावित क्षेत्रमा पुगेर उद्धारका लागि खटिन सबै जनप्रतिनिधिलाई निर्देशन दिएका छन् ।

डुबानमा परेका ३० परिवारलाई व्यवस्थापनका लागि सार्वजनिक भवन तथा विद्यालयमा राख्ने पहल भइरहेको उनले बताए । यस्तै गोदावरी नगरपालिकाको वडा नम्बर १ र ४ मा भालु खोलको बाढीले उत्तर वन खेत तथा बास्कोटाका १७ भन्दा बढी घर डुबानमा परेका छन् ।

मोहना नदीको बाढी घरमै पसेपछि स्थानीयको बिचल्ली भएको छ । डुबानमा परेका तथा जोखिममा रहेका स्थानीयलाई प्रहरी प्रशासन र जनप्रतिनिधिले व्यवस्थापन गरिरहेका जिल्ला कैलालीका प्रहरी प्रमुख विश्व अधिकारीले जानकारी दिए ।

मोहनपुर, श्रीलंकाका र वन खेत तथा बास्कोटाका ७० परिवारलाई सार्वजनिक भवनहरू, विद्यालयहरूमा राख्न पहल भइरहेको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार