अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११ हजार रुपैयाँ घुस लिएको आरोपमा जिल्ला प्रशासन कार्यालय, पर्साका कम्प्युटर अपरेटर संजयप्रसाद यादवविरुद्ध मुद्दा दायर गरेको छ ।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट खटिई गएको टोलीले असोज ३१ गते ५ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको अख्तियारको दाबी छ ।
अख्तियारका अनुसार उनले रोक्का रहेको जग्गा फुकुवा गर्न सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग भदौमा ६ हजार रुपैयाँ घुस लिएका थिए ।