बिहिवार, कार्तिक ६ गते २०८३

अहिलेको सरकारलाई सफल बनाउछौँ, वाह्य हस्तक्षेप विरुद्ध हस्तक्षेप गर्यौंं : ओली

शनिवार , पौष २३, २०७९

काठमाडौं। सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड नेतृत्वको सरकारलाई सफल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।  

सांसदहरूको अभिमुखीकरण कार्यक्रममा अध्यक्ष ओलीले सफल सरकार बनाउन उपयुक्त ढंगले गाइड गर्ने बताए। ओलीले पुस २६ गते सरकारले विश्वासको मत प्राप्त गर्ने र यो सरकारले विश्वासको मत पाएपछि कांग्रेस पाँचै वर्ष प्रतिपक्षमा रहेर विरोध गर्ने बताए।

कांग्रेसले विगतमा जस्तै फेरि पनि च्याँखे थाप्न सक्ने भन्दै ओलीले विभिन्न दलका नेतालाई प्रधानमन्त्रीको अफर गर्नुको संवैधानिक औचित्य नै नरहेको उनको भनाई छ। ओलीले यो सरकार र संसद्लाई सफल बनाउने एमालेले राजनीतिक नेतृत्व गर्ने बताए।

ओलीले नेपालमा नेपालीले सरकार बनाउन नपाउने बाह्य हस्तक्षेपविरुद्ध एमालेले असाधारण हस्तक्षेप गरेर राष्ट्रिय प्रतिरोध गरेको दाबी गरेका छन्।

विदेशी हस्तक्षेपविरुद्ध राष्ट्रिय प्रतिरोध गरेर बनाइएको सरकारविरुद्ध खुलेआम चलखेल समेत शुरु भएको उनको भनाई छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार