बिहिवार, कार्तिक ६ गते २०८३

कांग्रेसका सांसदलाई सक्रिय भूमिका खेल्न देउवाको निर्देशन, सरकारलाई समर्थनबारे निर्णय २६ गते

शनिवार , पौष २३, २०७९

काठमाडौ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निवनिर्वाचित सांसदहरूलाई बधाई दिँदै संसद्‍मा सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिएका छन् ।

कांग्रेस संसदीय दलको बैठकमा सभापति देउवाले पार्टीका नवनिर्वाचित सांसदहरूलाई निर्देशन दिएका हुन् ।

शनिबार दिउँसो सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठक सम्पन्न भएको छ । बैठकमा संसदीय प्रक्रिया र मर्यादाका विषयमा प्रमुख सचेतक रमेश लेखकले बोलेका थिए।

अर्को बैठक २६ गते बिहान ९ बजे बस्ने बताइएको छ। उक्त बैठकले सरकारलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा निर्णय गर्ने छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार