बिहिवार, कार्तिक ६ गते २०८३

नेपाल कपडा तथा सिलाई व्यवसायी संघ काठमाडौंको अध्यक्षमा राज कार्की

शनिवार , पौष २३, २०७९

काठमाडौं। नेपाल कपडा तथा सिलाई व्यवसायी संघ काठमाडौंको अध्यक्षमा राज कार्की चयन भएका छन्।

बिगत लामो समयदेखि सिलाई कटाई व्यवसायमा सक्रिय कार्की संघको २३ औँ साधारणसभाबाट अध्यक्षमा सर्वसम्मत चयन भएका हुन्। 

उनी सुटमालाका सञ्चालक समेत हुन्। 

निर्वाचित भएपछि कार्कीले सिलाई व्यवसायीहरुको हकहितमा काम गर्ने प्रतिबद्धता जनाए।

सम्पूर्ण व्यवसायीका मुद्धाहरुलाई सम्बन्धित निकायसम्म पुर्‍याएर सम्बोधन गराउने उनको भनाई रहेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार