बिहिवार, कार्तिक ६ गते २०८३

खानेपानी संस्थानले १२ वर्षपछि प्रकाशन गर्यो नतिजा

सोमवार , पौष २५, २०७९

काठमाडौं । नेपाल खानेपानी संस्थानका लागि १२ वर्ष अघि लिइएको परीक्षाको नतिजा सोमबार सार्वजनिक गरेको छ ।

संस्थानले १२ वर्षपछि अन्तिम नतिजाका साथै उत्तिर्णलाई सिफारिससमेत गरेको छ ।

उक्त परिक्षाका लागि २०६७ सालमा विज्ञापन खुला गरिएको थियो । तह पाँचका लागि विभिन्न कोटामार्फत सव इन्जिनियरहरुको लिइएको पदको अन्तिम नतिजा सार्वजनिक गर्दै सिफारिसका लागि सुचना जारि गरिएको छ ।

यसअघि सर्वोच्च अदालतको स्टेअर्डर भएर रोकिएको नतिजा दुई वर्ष अघि फुकुवा भएको गरेपनि अन्तिम नतिजा सार्वजनिक भएको थिएन ।

पास भएकाहरुले ३५ दिनभित्र खानेपानी संस्थानको कार्यालय त्रिपुरेश्वरमा सम्पर्क गर्नुपर्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार