काठमाडौं । नेपालका लागि भारतीय पूर्व राजदूत रन्जित रेले नेपालको सर्वोच्च अदालतले गरेको फैसलाले संविधानको रक्षा गरेको प्रतिक्रिया दिएका छन् । भारतीय सञ्चारमाध्यम स्टार्टन्युज ग्लोबललाई दिएको अन्तवार्तामा पूर्व राजदुत रेले सार्वोच्चको फैसलालाई सबैले स्वागत गर्नुपर्ने बताएका छन् ।
संसद पुनर्स्थापना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न जारी गरेको परमादेश सम्बन्धी फैसलालाई सबैले स्वागत गर्नुपर्ने उनको भनाइ छ । अन्तवार्तामा उनले फैसला ओलीको लागि ठूलो सेटब्याक भएको बताए ।
उनले यो नेपालको सर्वोच्च अदालतको ल्याण्डमार्क फैसला भएको बताए । उनले निश्चय नै पछिल्लो निर्वाचनमा नेपाली जनताको चाहना केपी ओली नै भएकोले उनको दलले झण्डै दुई तिहाई मत प्राप्त गरेको तर दुर्भाग्यवश उनले आफ्नै दलका अन्य नेताहरुलाई व्यवस्थापन गर्न नसकेको भनाई राखे ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भोगेको समस्या उनको आफ्नै व्यवहारबाट आएको समेत रेले बताएका छन् ।