बुधवार, कार्तिक ५ गते २०८३

अर्थमन्त्री विष्णु पौडेलले गैरआवासीय नेपालीहरुलाई सम्बोधन गर्ने

शुक्रवार , पौष २९, २०७९

लण्डन् । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले गैरआवासीय नेपालीहरुलाई सम्बोधन गर्ने भएका छन् । गैरआवासीय नेपाली संघका उपमहासचिव रामशरण सिमखडाका अनुसार  मन्त्री पौडेलले  ‘पढ्दै कमाउदै’ परियोजनाको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्ने भएका हुन् ।

आइतवार साँझ नेपाली समय ५ बजे पछि भर्चअल प्रविधिमार्फत आयोजना हुने सो अन्तरक्रिया कार्यक्रमलाई संघका पूर्वअध्यक्षहरु डा..उपेन्द्र महतो, जीवा लामिछाने, कुमार पन्त लगायत एक दर्जन सांसद सहित करिब डेढ दर्जन वक्ताले सम्बोधन गर्ने भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार