बुधवार, कार्तिक ५ गते २०८३

पोखरा विमान दुर्घटनाः २५ जना भन्दा बढीको मृत्यु

आइतवार , माघ १, २०७९

काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर विमान दुर्घटनामा परेको छ ।

काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एएनसी एटीआर जहाज दुर्घटनामा परेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । जहाजमा ६८ जना यात्रु र चालक दलका चार जना सदस्य सवार थिए । 

दुर्घटनामा २५ जना भन्दा बढीको मृत्यु भैसकेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए । उद्धार कार्य जारी रहेकोले मृत्यु हुनेको संख्या बढ्ने उनको भनाई छ । 

अहिले विमान दुर्घटना स्थलमा सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरिरहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार