बुधवार, कार्तिक ५ गते २०८३

जहाजमा थिए ३ शिशु र १० विदेशी, यी हुन् चालक दलका सदस्यहरु

आइतवार , माघ १, २०७९

काठमाडौं । पोखरामा दुर्घटनाग्रस्त यती एयरलाइन्सको जहाजमा ६२ नेपाली नागरिक र १० जना विदेशी नागरिक रहेको खुलेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार जहाजमा ३ शिशुसहित ६ बालबालिका र ६२ जना वयस्क छन् । 

काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एएनसी एटीआर जहाज दुर्घटनामा परेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । जहाजमा ६८ जना यात्रु र चालक दलका चार जना सदस्य सवार थिए । 

जहाज क्याप्टेन कमल केसी र कोपाइलट अन्जु खतिवडाले उडाएका थिए । एस हुन्चु र ओए मगर परिचारिका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार