बुधवार, कार्तिक ५ गते २०८३

दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ भेटियो

सोमवार , माघ २, २०७९

आइतबार पोखरामा दुर्घटना भएको यती एयरलाइन्स विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले आज बिहान ‘ब्ल्याक बक्स’ भेटिएको जानकारी दिए ।

ब्ल्याक बक्स विमान दुर्घटनाको कारण पत्ता लगाउन महत्वपूर्ण मानिन्छ । ब्ल्याक बक्समा ‘फ्लाइट राडर रेकर्ड’ र ‘ककपिट भ्वाइस रेकर्ड’ हुन्छ । प्रवक्ता निरौलाका अनुसार ब्ल्याक बक्स नेपाली सेनालाई बुझाइएको छ । उक्त ब्ल्याक बक्स आजै काठमाडौं ल्याउने र दुर्घटना जाँच आयोगलाई बुझाइने प्राधिकरणको भनाइ छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार