बुधवार, कार्तिक ५ गते २०८३

कान्तिपुर कोलोनी टोल बिकास संस्थाको अध्यक्षमा बिष्ट निर्वाचित

सोमवार , माघ २, २०७९

ललितपुर। ललितपुर महानगरपालिका १४ नम्बर वडामा रहेको कान्तिपुर कोलोनी टोल बिकास संस्थाको तेस्रो साधारणसभाबाट अध्यक्षमा सुरेन्द्र सिंह बिष्टको निर्विरोध निर्वाचित भएका छन्।

निर्वाचित भएपछि बिष्टले टोल विकासको जिम्मेवारी थपिएको बताउनु हुदै बति,ढल,खानेपानी सडक सुधारका साथै स्वच्छ,सुन्दर र हरीयाली टोल जस्ता विकासमा इमानदारीपूर्वक काम गर्ने बताए। कार्यक्रममा वडाध्यक्ष अमृत जंग महत, सातदोवाटो प्रहरी प्रमुख,डिएसपी मदन केसी,पूर्व सिडीयो जितेन्द्र बहादुर भण्डारी,आर आर कलेजका पूर्व क्याम्पस प्रमुख,रामप्रसाद भटराई लगाएतको उपस्थीतिमा रहेको थियो ।

No description available.

को हुन अध्यक्ष सुरेन्द्र सिंह बिष्ट ?

खेलको माध्यमद्वारा देश सेवामा समर्पित मनका धनी सितोकरातेको पूर्व राष्ट्रिय खेलाडी केआईएफ कुरोदय (सेल्फडिकेन्स) संघका केन्द्रिय महासचिव तथा प्रमुख प्रशिक्षक समेत रहेका बिष्ट मानबिय सेवामा कार्य गर्दै आएका छन्।

सधै दिर्घ कालिन सोचका साथ सोच बिचार गरि निश्पक्ष निर्णय गर्न खप्पिस बिष्टले महिला हिंसा बिरुद्ध तथा राष्ट्रपति खेलकुद महिला सहभागिता अभिबृद्धि कार्यक्रममा मुख्य प्रशिक्षक रहि देशमा हत्याहिंसा वलात्कार जस्ता अपराध न्यूनिकरण गर्ने अभियानमा देशै भरिका जिल्लामा आत्मा रक्षा सम्बन्धी तालिम संचालन गरेका छन् ।

१३ औं साग खेलकुद प्रतियोगितामा मूल्याङकन निरिक्षण तथा अनुगमन समितिका सदस्य र ९ औं राष्ट्रिय खेलकुद प्रतियाृगिताको समारोह उपसमिती सदस्य को रुपमा पनि काम गरेको अनुभवी बिष्ट आत्मा रक्षा सम्बन्धी तालिम नेदरल्याण्ड्बाट प्रशिक्षक भई राष्ट्रिय खेलकुद परिष्दले संचालन गरेको महिला सशतिकरण कार्यक्रममा पनि महत्वपूर्ण भुमिका निर्वाह गरेका छन् ।

No description available.

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार