शुक्रवार, कार्तिक ७ गते २०८३

श्रीमतीले गरिन् श्रीमानको हत्या

शुक्रवार , श्रावण १, २०७८

काठमाडौं । दैलेखमा घरायसी विवाद हुँदा श्रीमतीले श्रीमानको ज्यान लिएकी छन् । जिल्लाको नारायण नगरपालिका–११ टाटामाखुमा श्रीमतीले काठको मुंग्रो प्रहार गरी श्रीमानको हत्या गरेको प्रहरीले जनाएको छ ।

घरयासी विवाद हुँदा ३३ वर्षीया श्रीमती सुशीला मल्लले अन्दाजी ३५ वर्षीय श्रीमान् खगेन्द्र मल्ललाई बिहीबार राति करिब ९ः३० बजे हत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका इन्स्पेक्टर इन्द्रजित सुनारले जानकारी दिए ।
उनले प्रहरीमा श्रीमानको हत्या गरेको भन्ने जाहेरी आएको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको बताए । श्रीमानको हत्या गर्ने सुशीलालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको पनि उनले बताए ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार