काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आवश्यकता अनुसार खोप केन्द्र बढाएर सहज वातावरणमा खोप प्रदान गर्न निर्देशन दिएका छन् । देउवाले मुख्य सचिव र स्वास्थ्य सचिवलाई यस्तो निर्देशन दिएका हुन् ।
खोप केन्द्रमा घण्टौ लाइनमाल बस्नुपर्दा असहज भएको भन्दै आवश्यकता अनुसार खोप केन्द्र बढाई सहज वातावरण बनाउन देउवाले मुख्य सचिव शंकरदास बैरागी र स्वास्थ्य तथा जनसंख्या मन्त्री लक्ष्मण अर्याललाई निर्देशन दिए ।
साथै खोपकेन्द्रमा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न निर्देशन दिएको प्रधानमन्त्रीको स्वकीय सचिवालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवाले नै सम्हालिरहेका छन् ।
सरकारले पछिल्लो पटक कोरोनाविरुद्धको भेरोसेल खोप ५५ वर्ष र सो भन्दा माथि उमेर समूहका नागरिक, सार्वजनिक यातायातमा कार्यरत चालक, सहचालक, शिक्षक शिक्षिका, विदेश जाने नागरिक, सरकारले तोकेको अत्यावश्यक सेवाका व्यक्तिलाई लगाइरहेको छ ।
यस्तै जोनसन एण्ड जोनसोन खोप ५० देखि ५४ वर्ष उमेर समूहका नागरिक, पूर्व अति अशक्त, अपांगता भएका व्यक्ति, नेपालमा बसिरहेका सरणार्थी, स्वास्थ्य तथा सरसफाइकर्मीलाई लगाइरहेको छ । खोप केन्द्रमा लामो समय लाइनमा बस्नुपर्ने बाध्यता छ ।