काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई चिनियाँ राजदुत होउ यान्छिले बधाई दिएकी छन् । राजदूत यान्छीले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर देउवालाई बधाई तथा शुभकामना दिएकी हुन् ।
भेटमा देउवाको कार्यकालमा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ बनाउने लगायतका द्धिपक्षीय हितका विविध चासोमा छलफल समेत भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यसअघि भारत र अमेरिकाले पनि राजदूत तहमा देउवालाई बधाई दिएका छन् ।